जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


ट्राफिक तथा सडक अनुशासन सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न


समाज 1 पटक पढिएको विजय पटेल २०७६ बैशाख २९ आइतवार




रौतहट -वैशाख २९ । ट्राफिक तथा सडक अनुशासन सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न भयो । रौतहट जिल्ला सिथ्त गौर नगरपालिकाको आर्थिक सहयोगमा रौतहट विकास केन्द्रको आयोजनामा ट्राफिक तथा सडक अनुशासन सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पनन भएको हो ।

 गौर नगरपालिका–५ स्थित आधारभूत विद्यालय (बाल मनिदर) मा गौर नगरपालिकाको नगर प्रमुख अजय कुमार गुप्ताको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो । सो कार्यक्रममा सोही विद्यालयका प्र.अ. गणेश यादव, प्रहरी निरिक्षक दिपक पौडेल, प्र.ना.नी जटाशंकर सिंह, प्र.स.नी. विकास पाण्डेय ओम प्रकाश मधेशीया, पत्रकार विजय पटेल, रामपुकार राउत, लगायत कक्षा ८ मा अध्ययन गर्ने छात्राहरुको सहभागिता रहेको थियो । 

सो कार्यक्रममा प्रहरी निरिक्षक पौडेलले बाल बालिकाहरुलाई सडक दुर्घटना र बाल अधिकार सम्बन्धि विषयमा केन्द्रित रहि विषय बस्तुलाई प्रष्टाउने काम गरेका थिए भने सोही कार्यक्रममा ट्राफिक प्रहरी नायब निरिक्षक जटाशंकर सिंहले ट्राफिक नियम लगायत ट्राफिक सिगनल बालबालिकाहरुलाई सम्झाउने काम गरेका छन् । 

सो कार्यक्रममा प्रमुख अतिथ्य युवा मेयर अजय कुमार गुप्ता बालबालिकाहरुलाई बाटोमा सवारी साधनको प्रयोग कसरी गर्ने र गौर नगरपालिकालाई सवारी दुर्घटनामुक्त क्षेत्र घोषणा कसरी गर्ने भनेको कुरामा चिन्तित रहेको कुरा व्यक्त गर्दै कार्यक्रमका आयोजक रौतहट विकास केन्द्रका अध्यक्ष दिलिप पाण्डेलाई धन्यवाद दिदै कार्यक्रम बृहत बनाई बालबालिकामा चेतना फैलाउन काम गरेकोले उक्त काम सराहनीय कुरा व्यक्त गरेका थिए । 

सो कार्यक्रम रौतहट विकास केन्द्रको आयोजनामा ट्राफिक प्रहरीको सहदारीमा सम्पन्न भएको हो ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



हावाहुरी पिडित तथा विपन्न परिवालाई खाद्यान सामाग्री बितरण

ट्राफिक तथा सडक अनुशासन सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

ट्राफिक तथा सडक अनुशासन सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

रौतहटमा लुकाईछुपाई तस्करी शस्त्र प्रहरी द्वरा लाखौंको कपडा बरामद।

कुष्ठरोग निवारण सम्बन्धी अन्तरक्रिया

भन्सार छलीका अबैध समान प्रहरी द्वरा पक्राउ

राजपुर नगरपालिकाको वचन अनुसार नगरको प्रत्येक कच्ची बाटो पिच गर्न : मो सकिल

बारा र पर्सामा हावाहुरी बाट पीडित परिवारलाई नेकपा नेता साहको ब्यक्तिगत सहयोग

रुकुममा असिनाले पाक्नै लागेको गहुँबालीमा क्षति
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 NEXT

ताजा समाचार


धेरैले पढेको

708577
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top