जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


ब्लड बैंक संचालनका लागि पाँच लाख बराबरको सामग्री हस्तान्तरण


समाज 1 पटक पढिएको


ब्लड बैंक संचालनका लागि पाँच लाख बराबरको सामग्री हस्तान्तरण


गौर

ब्लड बैंक संचालनको लागि सामाग्री खरिद गरि हस्तान्तरण गर्ने जिम्मा पाएका संस्था यूवा विकास केन्द्र नेपाल फतुवा विजयपुर–४ रौतहटले सामानहरु खरिद गरि एक कार्यक्रम बीच आज शनिबार गौर नगरपालिका कार्यालयलाई हस्तानतरण गरेको छ ।

नेपाल रेडक्रस सोसाईटि रौतहट शाखाले संचालन गरेको ब्लड बैंकलाई व्यवस्थित बनाई सेवाको प्रभावकारिता वढाउन गौर नगरपालिका कार्यालयले विभिन्न सामाग्री खरिद गर्न सो सन्थाले जिम्मा पाएका थिए।

नगर प्रमुख अजय कुमार गुप्तालाई संस्थाका अध्यक्ष प्रकाश भाईले रेफ्रजेरेटर, वाटर वाथ, माईक्रेस्कोप, विपिसेट, डोनर वेड, हट ईयर ओभन तथा सेट्रिफ्यिूज हस्तान्तरण गरेका हुन । 

हस्तान्तरण समारोहमा नगर प्रमुख गुप्ता संगै नगरपालिका कार्यालयका सामाजिक विकास शाखा प्रमुख सरोज लाल दास, जिन्सी प्रमुख जितेन्द्र भारती ५ नं वडा कार्यालयका अध्यक्ष रामस्वार्थ यादव, लगायतका व्यक्तिहरुको सहभागीता रहेको थियो ।

५ लाख बरावरको लागत रहेको सो समानहरु नगरपालिका कार्यालयले नेपाल रेडक्रस सोसाईटीलाई हस्तान्तरण गर्ने छ ।

 साउन महिनामा आएको  विनाशकारी बाढीले ब्लड बैंक क्षतिग्रस्त भएको भनि सुचारु गराईदिन गौर नगरपालिका कार्यालयलाई नेपाल रेडक्रस सासाईटीले आग्रह गरेपछि रेडक्रसले माँग गरेका सामानहरु नगरपालिका कार्यालय खरिद गर्न लगाई हस्तानतरण गर्न लागेको हो । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



हावाहुरी पिडित तथा विपन्न परिवालाई खाद्यान सामाग्री बितरण

ट्राफिक तथा सडक अनुशासन सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

ट्राफिक तथा सडक अनुशासन सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

रौतहटमा लुकाईछुपाई तस्करी शस्त्र प्रहरी द्वरा लाखौंको कपडा बरामद।

कुष्ठरोग निवारण सम्बन्धी अन्तरक्रिया

भन्सार छलीका अबैध समान प्रहरी द्वरा पक्राउ

राजपुर नगरपालिकाको वचन अनुसार नगरको प्रत्येक कच्ची बाटो पिच गर्न : मो सकिल

बारा र पर्सामा हावाहुरी बाट पीडित परिवारलाई नेकपा नेता साहको ब्यक्तिगत सहयोग

रुकुममा असिनाले पाक्नै लागेको गहुँबालीमा क्षति
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 NEXT

ताजा समाचार


धेरैले पढेको

664627
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top