जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


प्रेस फोरम रौतहटको कार्यालय उदघाटन


राजनिति 15 पटक पढिएको दिलीप पाण्डेय


प्रेस फोरम रौतहटको कार्यालय उदघाटन


दिलीप पाण्डेय जेष्ठ २२ रौतहट आज मंगलबार संघिय प्रेस फोरम रौतहटको कार्यालय एक कार्यक्रम बिच उदघाटन भएको छ ।

प्रदेश न २ को सम्मानिय मुख्यमन्त्री लालबाबु राउत गदीद्धारा उदघाटन भएको सो प्रेस फोरमको कार्यालयमा पत्रकारहरुको घुइचो लागेको थियो । कार्यक्रमको अध्यक्षता संघिय प्रेस फोरम जिल्ला समिती रौतहटको अध्यक्ष पत्रकार किशोरी यादबले गर्नु भएको थियो । प्रमुख अतिथी सहित अतिथीको रुपमा प्रदेशका कृषि राज्यमन्त्री योगेन्द्र यादब , जिल्लाका प्रदेशसभा सदस्यफुलबाबु जिल्ला समन्वय समितिका उप सभापति राम असिस यादब ,गरुडा नगरपालिकाका प्रमुख इन्दु राय यादब , देवाही गोनाही नगरपालिकाका प्रमुख धर्मेन्द्र पटेल , संघिय समाजबादी फोरम रौतहटका जिल्ला  सचिव जयराम महतो शिक्षक फोरमका जिल्ला अध्यक्ष कामेश्वर राय यादब लगायतका ब्यतिmहरु कार्यक्रम पाल्जु भएको थियो । त्यसै गरी कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहटको अध्यक्ष रबिन्द्र प्रसाद साह पूर्व अध्यक्ष शैलेन्द्र गुप्ता बरिष्ठ पत्रकार बिनय लाल दास,गोरखापत्र दैनिक संजय मिश्रा,नागरिक दैनिक मदन ठाकुर , एभिन्ुज गौतम श्रेष्ठ , राजदेवी दैनिक दिलीप पाण्डेय ,जनकपुर टुडे राकेश यादब दर्जनौ पत्रकारहरुको उपश्यिती थियो । यो प्रदेशको सरकार ५ बर्षका लागि राजपा र फोरमको सरकार हो । यसमा कुनै किसिमको सन्देह छैन भनि प्रमुख अतिथी गदीले राजदेवी दैनिकलाई बताएका छन ।





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

708573
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top