जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


प्रमुखलाई ६४ लाखको गाडी , वडाअध्यक्षलाई मोटरसाइकल वितरण, सदस्यलाई साइकल दिइने


राजनिति 137 पटक पढिएको


प्रमुखलाई ६४ लाखको गाडी , वडाअध्यक्षलाई मोटरसाइकल वितरण, सदस्यलाई साइकल दिइने


आषाढ ०२ विकास निर्माणमा जनप्रतिनिधिले ध्यान दिन नसकेको गुनासो आइरहेको बेला वडाअध्यक्षलाई सेवा दिने भन्दै मोटरसाइकल वितरण गरिएको छ ।

 कैलालीको बर्दगोरिया गाउँपालिकाले ६ वटै वडा अध्यक्षलाई यमाहा कम्पनीका १ सय ५० सिसीको ६ वटा मोटरसाइकल वितरण गरेको हो । वडाअध्यक्षलाई सेवा सुविधा दिने र सेवामा थप सहजता ल्याउन मोटरसाइकल वितरण गरिएको गाउँपालिका अध्यक्ष बलिराम डगौराले बताए ।


डगौराले यस अघिनै ६१ लाखको स्कार्पियो कार खरिद गरी सकेका छन् भने उपाध्यक्षलाई स्कुटर दिइएको थियो ।
छिमेकी गाउँ र नगरपालिकामा विकास निर्माणका काममा तीव्रता दिइएको बेला डगौराले अब अर्को कार्यक्रममा वडा सदस्यलाई समेत साइकल वितरण गरिने बताए । बर्दगोरिया गाउँपालिकाको मोटरसाइकल वितरणको कामलाई भने स्थानीयले सुबिधाभोगी जनप्रतिनिधिको संज्ञा दिएका छन्।





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

866208
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top