जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


जन्मअष्टमीमा काभ्रेमा पुजिए १६ हजार कन्या


समाज 126 पटक पढिएको


जन्मअष्टमीमा काभ्रेमा पुजिए १६ हजार कन्या


१७ भदौ, काभ्रे । एक सय १६ वर्ष अगाडिदेखि श्रीकृष्ण जन्मअष्टमीको अवसरमा काभ्रेको बनेपा-७ गाउँमा अविवाहित तथा रजश्वला नभएका र बेल विवाह नगरिएका कन्याहरुलाई विभिन्न विधिका साथ पूजा गरिदै आएको छ ।

कन्याको दीर्घायु र पुज्नेलाई शान्ती मिल्ने विश्वास रहँदै आएको छ । बनेपा सात गाउँभित्र मात्रै मनाइँदै आएको कन्या पुज्ने चलन यतिकाभ्रेको बनेपाका नेवार समुदायले सुरु गरेको कन्या पुज्ने प्रचलन पछिल्लो वर्षहरुमा देश व्यापी रुपमा मनाउन थालिएको छ ।

बनेपा सात गाउँ मानिएको बनेपा, पनौती नाला चौकोट, जनागाल र साँगामा एकै पटक १६ हजार भन्दा बढी कन्या पुजिएको दावी गरिएको छ ।

बनेपाको पुरानो बजारको भोलाखाटोल, दक्षुटोल, तीनधारा, वकुटोल र त्रिभुवनचोकमा दायाँवायाँ कन्याहरूलाई आसन गराएर सयौ दर्शनार्थीहरूमार्फत ती कन्याहरूलाई पूजाआजा गरिन्छ ।

काभ्रेका विभिन्न गाउँ, सिन्धुपाल्चोक, भक्तपुर ललितपुर, काठमाडौँ, रामेछाप, दोलखा, धादिङ मकवानपुर लगायतका स्थानबाट रजस्वला नभएका र बेलविवाह नगरिएका कन्याहरुलाई पुज्न ल्याइने गरिन्छ ।

बालिकाहरुलाइ रोग नलागोस भनेर आफु कन्या पुज्न आएको बनेपाकी स्थानिय कल्पना मानन्धर बताइन् ।

बनेपा सात गाउँमा १९५९ सालबाट सुरु भएको वैदिक कन्या पूजा गर्नाले मनले चिताएको कुरा पूरा हुने र शान्ती मिल्ने एव पुजिने कन्याको दीर्घायुु हुने धार्मिक जनविश्वास रहिआएको छ ।

कन्याहरुको लाममा देवकन्या, नागकन्या, गन्धर्वकन्या, किन्नर कन्या र किचकन्यासमेत मानव कन्याका भेषमा आउने भएकोले उनीहरुलाई आराध्यदेवी चण्डेश्वरी माइकी कुमारी मानेर पूजा गरेमा सार्थक हुने विश्वास छ ।

यस्तै बनेपा सात गाउँलाई राक्षशबाट मुक्त गराउँन सफल आराध्यदेवी चण्डेश्वरी देवीको रूप नै कन्या भएकाले कन्यालाई पुज्दै आएको स्थानीयको सुरकृष्ण वैद्यले बताए ।

देशभरबाट आएका दाताहरुले ल्याएको पेडा, स्वारी, जेरी, मालपुवा, सेल, फलफुल, पैसा, विस्कुट कापी पेनलगायतका सामानहरु कन्यालाई पुज्दै दान दिने चलन रहिआएको छ ।

कन्याहरुको सम्मान एव स्वागतका लागि बनेपाका नेवार समुदायले विभिन्न प्रकारका झाँकी र बाजा गाजाको व्यवस्थापन समेत गर्ने गर्छन् ।

जिल्लाको बनेपा, पनौती, खड्पु, सागा, पुलबजार, जनागाल, खरिबोट लगायतका स्थानमा गरी जिल्लाभर १६ हजार भन्दा बढी कन्या पुजिएको छ ।बेला जिल्लाका विभिन्न सहरभित्र फक्रदैसमेत गएको छ ।अनलाइनखबर





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



हावाहुरी पिडित तथा विपन्न परिवालाई खाद्यान सामाग्री बितरण

ट्राफिक तथा सडक अनुशासन सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

ट्राफिक तथा सडक अनुशासन सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

रौतहटमा लुकाईछुपाई तस्करी शस्त्र प्रहरी द्वरा लाखौंको कपडा बरामद।

कुष्ठरोग निवारण सम्बन्धी अन्तरक्रिया

भन्सार छलीका अबैध समान प्रहरी द्वरा पक्राउ

राजपुर नगरपालिकाको वचन अनुसार नगरको प्रत्येक कच्ची बाटो पिच गर्न : मो सकिल

बारा र पर्सामा हावाहुरी बाट पीडित परिवारलाई नेकपा नेता साहको ब्यक्तिगत सहयोग

रुकुममा असिनाले पाक्नै लागेको गहुँबालीमा क्षति
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 NEXT

ताजा समाचार


धेरैले पढेको

866198
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top