जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
मनोरञ्जन


अक्षयकुमारको ‘ट्वाइलेट’ चिनियालाई मन पर्यो


मनोरञ्जन पटक पढिएको


अक्षयकुमारको ‘ट्वाइलेट’ चिनियालाई मन पर्यो


जेष्ठ २७ बलिउड अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘ट्वाइलेट एक प्रेमकथा’ले चीनमा आक्रामक व्यापार गरेको छ। भारतीय बक्स अफिसमा हिट भएको फिल्मले चीनमा पनि राम्रो सुरुवात गरेको हो।

 फिल्मले प्रदर्शनको पहिलो दिन १५ करोड ९४ लाख भारुको कारोबार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यो आँकडा सँगै चीनमा पहिलो दिन धेरै कलेक्सन गर्ने दोस्रो हिन्दी फिल्म बनेको छ ट्वाइलेट हिरो। यो फिल्म हेर्न पहिलो दिन करिब ५ लाख मानिस हल गएको बताइएको छ। वितरकका अनुसार फिल्मले दिनमा ५६ हजारभन्दा बढी शो पाइरहेको छ। फिल्मलाई चीनमा रुचाइएपछि अभिनेता अक्षय कुमारले ट्वीटरमार्फत दर्शकलाई धन्यवाद भनेका छन्।

सन् २०१८ मा चीनमा रिलिज भएका फिल्ममा ट्वाइलेट छैठौं फिल्म हो। यसअघि बजरंगी भाईजान, दंगल, हिन्दी मिडियम, सीक्रेट सुपरस्टार र बाहुबली २ प्रदर्शन भएका थिए। हाल चीनमा प्रदर्शनरत ट्वाइलेटले भारतमा १३५ करोड लाइफटाइम कलेक्शन गरेको थियो।

श्री नारायण सिंहको निर्देशनमा बनेको ट्वाइलेटमा अक्षय कुमारलाई अभिनेत्री भूमी पेडनेकरले साथ दिएकी छिन्। अनुपम खेर र सना खानको पनि मुख्य भुमिका रहेको छ।




सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


अक्षयकुमारको ‘ट्वाइलेट’ चिनियालाई मन पर्यो - 2018-06-10
जेष्ठ २७ बलिउड अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘ट्वाइलेट एक प्रेमकथा’ले चीनमा आक्रामक व्यापार गरेको छ। भारतीय बक्स अफिसमा हिट भएको फिल्मले चीनमा पनि राम्रो सुरुवात गरेको हो।

यस्ता महिला धेरै यौन सन्तुष्टि चाहान्छन् - 2018-05-31
जेष्ठ १७ आज भोलीका युवा युवतीहरुमा कसरी यौन सन्तुष्टि लिन सकिन्छ भन्ने कुरा धेरैले चासो राख्ने गर्दछन् ।

धुर्मुस सुन्तली फाउन्डेसनमाथि यस्तो आरोप - 2018-05-31
जेष्ठ १७ काठमाडौं नेपाल सरकारले शुरुवात गरेको वीर अस्पताल सरसफाइ कार्यक्रमका नाममा धुर्मुस सुन्तली फाउन्डेसनमाथि गम्भीर आरोप लागेको छ ।

अभिनेता मिथुन अस्पतालमा भर्ना - 2018-05-17
बलिउड अभिनेता मिथुन चक्रवर्तीको स्वास्थ्य बिग्रिएपछि उपचारका लागि दिल्लीको एक अस्पतालमा भर्ना गरिएको छ ।

ऐश्वर्याको पहिरनले फेरि मच्चायो हंगामा - 2018-05-14
बैशाख ३१ बलिउड नायिका ऐश्वर्या रायको चर्चा अहिले चलचित्र नगरीमा त पहिलेको जस्तो हुँदैन । तर, हरेक बर्ष आयोजना हुने ‘कान्स फिल्म फेस्टिभल’मा उनको पहिरनले चर्चा र आलोचना दुबै पाउने गरेको छ । यो बर्ष पनि ऐश्वर्या यो फिल्म महोत्सवमा सहभागी भइन् । यसपटक पनि उनले आफ्नो स्टाइल, मेकअप र बोल्ड पहिरनका कारण चर्चा पाएकी छिन् ।

बलिउड अभिनेत्री सोनाम कपुर र आनन्द बिहे बन्धनमा बाधिए ,यसरी धुमधामका साथ बिहे मनाउदै, को-को कलाकारहरु पुगे उनको बिहेमा हेर्नुहोस - 2018-05-08
बलिउड अभिनेत्री सोनम कपूर र आनन्द आहूजा आज विवाह बंधनमा बाधिएका छन्। सोनमको सानीमा कविता सिंहको बांद्रा स्थित कविता सिंहको बंगलामा सिख परम्परा अनुसार विवाह सम्पन्न हुदैछ ।

कलाकार राजेन्द्र खड्गी पक्राउ परे - 2018-02-08
काठमाडौं, २५ माघ । द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोेले पक्राउ गरेको छ ।

‘छक्का पञ्जा’ टिमबाट किन बाहिरिए माग्ने बुढा - 2018-01-12
काठमाडौं, २८ पुस । चर्चित हाँस्य कलाकार केदार घिमिरे उर्फ माग्ने बूढा पहिलो पटक ‘छक्का पञ्जा’ टिमबाट बाहिर निस्केका छन् । उनी हालै सुदर्शन थापाको निर्देशन तथा अभिनेत्री पूजा शर्माको निर्माणमा बन्न लागेको अनटाइटल प्रोजेक्टमा अनुबन्ध भएका छन् ।

रिलमा प्रेम गर्दै रियल प्रेम जोडी - 2018-01-11
काठमाडौं – अभिनेता शिव श्रेष्ठले निर्माण गर्न लागेको एक चलचित्रमा रियल प्रेम जोडीले रिलमा प्रेमको अभिनय गर्ने भएका छन् ।

1 2 3 NEXT

ताजा समाचार


धेरैले पढेको

256513
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top