जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
खेलकुद


नेपालले एएफसी यू १६ महिलाको छनोट प्रतियोगिताको आयोजना गर्ने


खेलकुद पटक पढिएको


नेपालले एएफसी यू १६ महिलाको छनोट प्रतियोगिताको आयोजना गर्ने


जेष्ठ १७ एएफसी यू १६ महिला फुटबल च्याम्पियनसिपको छनोट चरण अन्तर्गत नेपालले समूह ‘ई’ का खेल आयोजना गर्ने भएको छ । पछिल्लो संस्करणमा शीर्ष तीनमा रहेका उत्तर कोरिया, दक्षिण कोरिया र जापानले अर्को संस्करणको लागि सोझै फाइनल चरणमा प्रवेश पाउने भएका छन् ।नेपालसहित एसियाका अन्य ३० राष्ट्र दोस्रो चरणको प्रवेशका लागि छनोट चरणमा प्रवेश गर्नेछन् ।

६ समूहमा रहेको छनोट चरणबाट ८ टोली दोस्रो चरणमा पुग्नेछन् । छनोट भएका ८ टोलीलाई दुई समूहमा विभाजन गरिने र त्यसमा समूहका शीर्ष २ टोली अर्को वर्ष हुने फाइनलका लागि छनोट हुनेछन् । नेपाल, बंगलादेश कीर्गिस्तान, मंगोललिया, श्रीलंका र ताजकिस्तानले पहिलो चरणको छनोट आयोजना गर्नुपर्नेछ । समूहका सबै टोलीले एकअर्काको सामना गर्नेछन् । नेपाल रहेको समूह इमा फिलिपिन्स, म्यानमार, मलेसिया र सिरिया छन् । त्यस्तै समूह इमा श्रीलंकासहित चीन, उज्वेकिस्तान, जोर्डन, ग्वाम छन् ।त्यस्तै समूह बीमा मंगोलिया, लाओस, हङकङ र पाकिस्तान छन् । थाइल्यान्ड, इरान, नर्दन मारियाना आइल्यान्ड् र सिंगापुर समूह सीमा छन् । समूह डीमा अस्ट्रेलिया, चाइनिज ताइपे, कीर्गिस्तान, प्यालेस्टाइन र इन्डानेसिया छन् भने बंगलादेश , भियतनाम, यूएई, बहराइन र लेबनान समूह एफमा छन् । पहिलो चरण सेप्टेम्बर १५ देखि २३ सम्म हुनेछ । दोस्रो चरणको छनोट सन् २०१९ को फेब्रुअरी २३ देखि मार्च ३ सम्म हुनेछ ।यसैगरी बुधबार निकालिएको एएफसी यू(१९ महिला फुटबल प्रतियोगिताको छनोटमा नेपालले समूह ‘बी’ मा थाईल्यान्ड, भारत, पाकिस्तान र सिंगापुरको सामना गर्नेछ । अक्टोबर महिनामा हुने छनोटको चरणका खेलहरु थाईल्यान्डमा हुनेछन् । नेपालले यू(१४ माथिको महिला उमेर समूहमा पहिलो पटक सहभागिता जनाउन लागेको हो । यसअघी नेपाल आफैंले सन् २०१५ मा यू(१४ महिला फुटबल प्रतियोगिता आयोजना गर्दा फाइनल खेल अगाडी महाभूकम्प आएको थियो ।




सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


नेपालले एएफसी यू १६ महिलाको छनोट प्रतियोगिताको आयोजना गर्ने - 2018-05-31
जेष्ठ १७ एएफसी यू १६ महिला फुटबल च्याम्पियनसिपको छनोट चरण अन्तर्गत नेपालले समूह ‘ई’ का खेल आयोजना गर्ने भएको छ । पछिल्लो संस्करणमा शीर्ष तीनमा रहेका उत्तर कोरिया, दक्षिण कोरिया र जापानले अर्को संस्करणको लागि सोझै फाइनल चरणमा प्रवेश पाउने भएका छन् ।नेपालसहित एसियाका अन्य ३० राष्ट्र दोस्रो चरणको प्रवेशका लागि छनोट चरणमा प्रवेश गर्नेछन् ।

विश्वकप छनोटका ११ स्टारमा परे पारस खड्का - 2018-03-14
काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल ९आइसीसी०ले समूह चरणका ११ स्टारको नाम सार्वजनिक गरेको हो । विश्वकप छनोटको समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्ने ११ क्रिकेटरमा नेपाली कप्तान पारस खड्का पनि परेका छन् ।

इण्डो नेपाल पत्रकार मैत्री टी २० क्रिकेटको उपाधी भारर्तीय पत्रकारलाई - 2018-03-10
रौतहट २५ फागुन रौतहटमा पहिलो पटक आयोजना गरेको राजदेवी मिडिया सेन्टरले इण्डो नेपाल पत्रकार मैत्री टी २० क्रिकेटको उपाधी भारर्तीय पत्रकारहरुले जितेका छन ।

नेपाललाई सुरुवातमै झट्का, दिलिप नाथ दुई रनमै आउट - 2018-03-04
– विश्वकप छनोट अन्तरगतको पहिलो खेलमा जिम्बावेले दिएको ३८१ रनको विशाल लक्ष्य पछ्याएको नेपाललाई सुरुवातमै झट्का लागेको छ । ओपनर दिलिप नाथ तेन्दाई चतराले दुई रनमै आउट गरे ।

छैठौ महिला साइकल दौडको उपाधि चौधरी - 2018-02-20


छैठौ महिला साइकल दौडको उपाधि चौधरी - 2018-02-19
रौतहट फागुन ०७दिलीप पाण्डेय // छैठौ जिल्ला स्तरिय महिला साइकल दौड प्रतियोगिताको उपाधि अञ्जली चौधरीले जितेका छन ।राजदेवी मिडिया सेन्टरको आयोजनामा प्रत्येक वर्ष प्रजातन्त्र दिवसका अवसरमा प्रत्येक बर्ष हुदै आएको महिला साइकल दौड प्रतियोगिताको छैठौ संस्करण सोमबार सफलता पूर्वक सम्पन्न भएको छ ।

दोस्रो छनौट चरण सम्पन्न अन्तिम चरणको लागी ९ जना छानिए । महिला साईकल दौडको लागी - 2018-02-16
रौतहट ०४ फागुन जिल्ला स्तरिय महिला साईकल दौड प्रतियोगिताको दोस्रो छनौट चरण आज सम्पन्न भएको छ ।

महिला साईकल दौडको पहिलो छनौट चरण सम्पन्न अन्तिम चरणको लागी १९ जना छानिए - 2018-02-15
रौतहट ०३ फागुन छैठौ जिल्ला स्तरिय महिला साईकल दौड प्रतियोगिताको पहिलो छनौट चरण आज सम्पन्न भएको छ ।गौर नगरपालिकाका मेयर अजय गुप्ता तथा उपमेयर किरण ठाकुरले सयूक्त रुपमा रिबन काटी समुदघाटन गर्नु भएको छ ।

नेपालको उत्कृष्ट बलिङ, नेपाललाई १३९ रनको टार्गेट - 2018-02-08
२५ माघ, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नामिबियाले नेपालसामू १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्नेछ ।

1 2 NEXT

ताजा समाचार


धेरैले पढेको

256511
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top